बिहीबार, चैत १५, २०८०

सर्वोत्तम काण्ड : सरकारले भीष्मराज ढुंगानासँग स्पष्टीकरण सोध्ने !

नेपालखोज २०७८ असोज ११ गते २०:२१

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भीष्मराज ढुंगानासँग स्पष्टीकरण सोध्ने भएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले ढुंगानासित स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

यसअघि, सरकारले ढुंगानामाथि छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेको थियो ।

छोरीकाे नाममा बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासन गर्ने प्रक्रियामा रहेको सर्वाेत्तम सिमेन्टको सेयर खरिद गरेपछि उनी विवादमा तानिएका थिए ।

प्रतिक्रिया