शुक्रबार, वैशाख १४, २०८१

अंग्रेजी फिल्म प्रदर्शन गर्दै हल खुल्ने !

नेपालखोज २०७८ असोज १२ गते ६:३९

काठमाडौं । अंग्रेजी फिल्म फास्ट एण्ड फ्युरियस प्रदर्शन गर्दै हल खुल्ने भएका छन् । अंग्रेजी फिल्मबाट हलहरु खुल्नेछन् । सोभित बस्नेतको ‘डाँडाको बरपीपल’ फूलपाती (असोज २६) मा लाग्ने यसअघि नै बताइएको थियो । अहिलेसम्म अरु नेपाली फिल्महरुको प्रदर्शनको भने टुंगो लागेको छैन ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नै हल खोल्न दिने उपत्यकाका निर्माता, वितरण तथा प्रदर्शकहरूको संयुक्त बैठकले गठन गरेको चलचित्र प्रदर्शन व्यावसायिक समितिको आइतबार बसेको बैठकले निर्णय गरेको हो । हलमा दुई नेपाली फिल्म एकै मितिमा भिड्नु पाउने छैनन् । तर अंग्रेजी र हिन्दी फिल्म भने चल्न पाउने छन् । अब एउटा नेपाली चलचित्र प्रदर्शनमा आएको कम्तीमा २ साता अर्को नेपाली चलचित्र प्रदर्शन गर्न नपाइने भएको छ ।

प्रतिक्रिया