बिहीबार, वैशाख १३, २०८१

शंकास्पद कुकुरले टोकेमा के गर्ने ?

नेपालखोज २०७८ असोज १२ गते ७:३९

काठमाडौं । आज सेप्टेम्बर २८ , विश्व रेविज दिवस । नेपालमा ‘रेविज तथ्य बुझौं, त्रसित नबनौं’ भन्ने नाराका साथ विश्व रेविज दिवस मनाइँदैछ ।

रेबिज रोग कुकुर तथा जंगली जनावरहरुको टोकाइबाट मानिसमा रेविज सर्ने प्राणघातक रोग हो । बहुला वा शंकास्पद कुकुर वा जनावरले टोकेको खण्डमा तुरुन्तै साबुनपानीले कम्तिमा ५ मिनेटसम्म राम्रोसँग धुने, कुकुरले टोकेमा तुरुन्तै स्वास्थ्यकर्मीको सल्लाह बमोजिम रेविज विरुद्धको खोप लगाउने, आफ्ना घरपालुवा कुकुरलाई अनिवार्य रेविज विरुद्धको खोप लगाउने गर्‍यो भने रेविज बाट बच्न सकिन्छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग नेपालमा अर्थिक वर्ष २ं७६⁄७७ मा ५२ हजार जनालाई कुकुरले टोकेको तथ्यांक रहेको छ । त्यस्तै अर्थिक वर्ष २०७७ ⁄७८ मा २ लाख ९५ हजार भाइल रोविजविरुद्धको खोप लगाइएको महाशाखाले जनाएको छ ।
रेविज विरुद्धको खोप सबै जिल्ला अस्पताल र सरुवा रोग अस्पतालहरुबाट नि शुल्क उपलब्ध छ ।

प्रतिक्रिया