शुक्रबार, वैशाख १४, २०८१

परराष्ट्रमन्त्री खड्काले आज यूएनको महासभालाई सम्बोधन गर्ने

नेपालखोज २०७८ असोज १२ गते ७:५३

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले आज (मंगलबार) संयुक्त राष्ट्रसंघ (यूएन)को ७६औं महासभालाई सम्बोधन गर्ने भएका छन् । खड्काले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गदै सम्बोधन गर्न लागेका हुन् ।

उक्त सम्बोधनमा नेपालले जलवायु परिवर्तन, कोरोना महामारी रोकथाम र खोपको समान वितरण, दिगो विकास लगायतका विषयहरुलाई उठाउने तयारी गरेको छ ।
आज जनरल डिबेटको अन्तिम दिन नेपाललगायत अन्य एक दर्जन मुलुकका प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

प्रतिक्रिया