शुक्रबार, वैशाख १४, २०८१

काठमाडौं-पोखराबीचकाे खेल आज

नेपालखोज २०७८ असोज १२ गते १०:१९

काठमाडौं । काठमाडौं किङ्स-११ र पोखरा राइनोज बीचकाे खेल आज हुँदैछ । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी ट्वान्टी क्रिकेटमा आज काठमाडौं किङ्स-११ र पोखरा राइनोज भिड्ने भएका हुन् ।

सोमबार तय भएको काठमाडौं र विराटनगर वारिवर्सबीचको खेल भने स्थगित भएकाे थियाे । टियु क्रिकेट मैदानमा हुने खेल मध्यान्न १२ : १५ बजे सुरु हुनेछ ।

वर्षाले मैदान भिजेको कारण खेल टस समेत नभई स्थगित भएको थियो । सोमबार तय भएको काठमाडौं र विराटनगर वारिवर्सबीचको खेल भने स्थगित भएको थियो ।

दुई टिमबीचको पहिल्लो दुई भेटमा दुबै टोलीले एक एक जित निकालेका छन् । प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।

प्रतिक्रिया