बिहीबार, वैशाख १३, २०८१

सुन चाँदीको मूल्य घट्याे, आजको भाउ कति ?

नेपालखोज २०७८ असोज १२ गते ११:०६

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन चाँदीको मूल्य घटेको छ । छापावाल सुन आज प्रतितोला ३ सय रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन पनि सुन ८९ हजारमा ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ३०० ले नै घटेको छ । आज तेजावी सुन ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ८८ हजार ८सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज तोलाको ५ रुपैयाँले घटेर १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया