बुधबार, वैशाख १२, २०८१

ओपोद्वारा रेनोभेटर्स २०२१ ईमर्जिंग आर्टिस्ट्स प्रोजेक्टका उत्कृष्ट १० कलाकृतिको घोषणा

नेपालखोज २०७८ असोज १२ गते १४:५७

काठमाडौं । अग्रणी वैश्विक प्राविधिक ब्राण्ड, ओपोले ओपो रेनोभेटर्स २०२१ ईमर्जिंग आर्टिस्ट प्रोजेक्टका १० विजेताहरुको घोषणा गरेको छ ।

तिनको छनोट सहभागि ३ हजार ३ सय ४५ कलाकृति मध्यबाट गरिएको हो । ओपोले छनोटमा परेका उत्कृष्ट कलाकृतिहरु लन्डन डिजाइन फेस्टिवल २०२१लाई हस्तान्तरण गरेको छ ।

ती कलाकृतिहरु मार्फत नवोदित कलाकारका सिर्जनशिल प्रतिभा प्रदर्शित गर्नुका साथै तिनको रचनात्मक महत्वकांक्षाहरुलाई गति प्रदान गर्नु ओपोको उद्देश्य हो ।

रचनात्मक युवाहरुका आँखामार्फत भविष्यको अन्वेषण

यस वर्ष रेनोभेटर्स कार्यक्रममा कलाकारहरुलाई प्रकाशको विषयबस्तु वरपर रही कलाकृति तथा रचनात्मक अवधारणाहरु विकसित गर्ने जिम्मेवारी दिइएको थियो ।

तीमध्ये तिनले आर्ट टेक र आर्ट टोय गरी दूई प्रतियोगिताका कोटाहरुमा आफ्नो सहभागिता जनाउने अवसर प्रदान गरिएको थियो । केही महिनाका लागि सञ्चालित ओपो रेनोभेटर्स २०२१मा विश्वभरका ४० देश तथा क्षेत्रबाट उदयिमान कलाकारहरुले ३ हजार ३ सय ४५ ब्यक्तिगत प्रविष्टिहरु मार्फत आफ्ना कलाकृति पेश गरेका थिए ।

कलाकृतिहरुको नविनता, कलात्मकता, ब्यवहारिकता तथा अभिब्यक्तिको स्तरका आधारमा मूल्यांकन पश्चात समग्र कलाकृति मध्यबाट उत्कृष्ट १०को चयन गरिएको हो ।

ओपो रेनोभेटर्स ईमर्जिंग आर्टिस्ट्स प्रोजेक्ट २०२१मा विजेताका रुपमा छनोट भएका कलाकार तथा तिनका कलाकृतिहरु यस प्रकार रहेका छन् :
‘प्वाईन्ट टू प्लानेट ः पर्सिभिंग नेचर विथ लाइट’ – हेन्ग्यु झाओ र चोंगशो यिन, २०२१ आर्टिस्टिक क्रिएटिभिटी अवार्ड
‘ड्रिमक्याचर–ओ’ – सिनी झाओ, २०२१ डिजाइन फ्यूचर अवार्ड;
‘टाईम ट्राभलर—पंक सुपरम्यान–ओ’ – रुओफ्यान संग, २०२१ ब्राण्ड एप्लिकेशन अवार्ड;
‘अटोजिन’ – पिटर विलियम होल्डेन, २०२१ क्रिएटिभ एक्सिलेन्सी अवार्ड;
‘ग्लोबल यूथ आन्ट्रप्रेनुअरशिप प्रोग्राम’–लुयांग व्यांग, २०२१ ब्राण्ड एप्लिकेशन अवार्ड
‘एआई ईन्टेलिजेन्ट स्पेस’ जियानवेन ली, २०२१ क्रिएटिभ एक्सिलेनसी अवार्ड; गेनजुआन ट्यान, २०२१ क्रिएटिभ एक्सिलेन्सी अवार्ड;
‘अटोनोमी अफ प्लान्ट्स’ – लियांग सियाओ, २०२१ क्रिएटिभ एक्सिलेन्सी अवार्ड
‘एआर ग्राफिटी’ – डब्ल्यूईआरसी , २०२१ क्रिएटिभ एक्सिलेन्सी अवार्ड;
‘प्रोजेक्ट : कभर अप’– रोंलिंग ट्यांग, २०२१ क्रिएटिभ एक्सिलेन्सी अवार्ड;

पछिल्ला केही महिनामा डिजिटल मिडिया, अन्तरक्रियात्मक अनुभव, स्टेज ईन्स्टलेशन, वेयरेवल डिभाइसेज, जैविक तथा भौतिक डिजाइन लगायत माध्यमका प्रयोगद्वारा प्रविधि, मानवता, पर्यावरण संरक्षण, जीवविज्ञान, ईतिहास, सामाजिक अन्तरक्रिया र वर्तमान प्रवृत्ति लगायत विषय अन्तर्गत ओपो रेनोभेटर्स २०२१का लागि विश्वभरबाट हजारौँ कलाकृतिहरु पेश गरिएका थिए ।

पेस गरिएका कलाकृति मार्फत उदयिमान कलाकारहरुले मानव, प्रविधि र प्रकृतिसंग तिनको सम्बन्ध र कसरी तिनका माध्यमबाट सबैका लागि सुन्दर भविष्यको निर्माण गर्न सकिन्छ भन्ने कुरा प्रदर्शित गरिएका छन् ।

हेन्ग्यु झाओ र चोंगशो यिनकोआर्ट टेक क्याटेगरी अन्तर्गत पेश गरिएको‘प्वाईन्ट टू प्लानेट ः पर्सिभिंग नेचर विथ लाइट’ मार्फत यि दूई कलाकारले साधारणतया हामीले बेवास्ता गर्ने अदृष्य तथा चुपचाप हुने प्रक्रियालाई कसरी बुझ्न सकिन्छ भनी अन्वेषण गरेका छन् ।

सिनी झाओद्वारा आर्ट टोय क्याटेगरी अन्तरगत पेश गरेको ‘ड्रिमक्याचर–ओ’ले सपना देख्ने हरेक ब्यक्तिलाई विश्वकै लागि चहकिलो प्रकाशका रुपमा हेर्दै तिनका साथमा सहकार्य गर्दै तिनका सपनाको संरक्षण गर्न उद्देश्य बोकेको छ ।

प्रतिक्रिया