शुक्रबार, वैशाख १४, २०८१

नेप्से घट्ने क्रम रोकिएन, ७० अंकले घट्दा ५ अर्ब ७४ करोडको काराेबार

नेपालखोज २०७८ असोज १२ गते १५:४२

काठमाडौं । नेप्से पुनः उच्च अंकले घटेको छ । अघिल्लो दिन ७३ अंंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार पुनः ७० दशमलव एक अंकले घटेर २६ सय १५ दशमलव ४० अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ४२ अंकले घटेर चार सय ९४ दशमलव ९१ अंकमा पुगेको छ । दुई सय १८ वटा कम्पनीहरुको ७५ हजार तीन सय ७४ पटकको कारोबारमा एक करोड ३० लाख ३४ हजार आठ सय २८ कित्ता सेयर किनबेच भएकोमा कुल कारोबार रकम पाँच अर्ब ७४ करोड ५४ लाख ८८ हजार एक सय ७९ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहको सूचक घटेर नेप्से पुरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ३६ दशमलव तीन अंकले घटेर १८ सय ६९ दशमलव ७१ अंकमा झरेकोमा जलविद्युत समूहको सूचक पनि एक सय ३८ दशमलव ४५ अंकले घटेर दुई हजार सात सय ८४ दशमलव १६ अंकमा झरेको छ ।

निर्जीवन बिमा समूहको सूचक पनि तीन सय २५ दशमलव ५६ अंकले घटेर ११ हजार तीन सय ८३ दशमलव चार अंकमा झरेकोमा जीवन बिमा समूहको सूचक पनि चार सय ३१ दशमलव ९१ अंकले घटेर १४ हजार चार सय ५३ दशमलव १३ अंकमा झरेको छ ।

यीबाहेक विकास बैंक, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।

आज मनकामना स्र्माट लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १७ सय ५३ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार हुँदा नेपाल हाइड्रो डेभलपर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले घटेर चार सय ५९ रुपैयाँ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज कुमारी बैंकको प्रतिकित्ता तीन सय तीन रुपैयाँ अन्तिम मूल्यमा १८ करोड ८२ लाख २७ हजार दुई सय ९६ रुपैयाँ ८० पैसाको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया