बिहीबार, चैत १५, २०८०

पाकिस्तानले बालबालिका लक्षित कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्ने

नेपालखोज २०७८ असोज १२ गते १८:१६

इस्लामाबाद । पाकिस्तानले १२ वर्ष र सोभन्दा माथिका उमेर समूहका बालबालिकालाई लक्ष्यित गरी कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । यहाँका योजनामन्त्री असद उमारले मंगलबार उक्त घोषणा गरेका हुन् ।

हाल पाकिस्तानमा कोरोना संक्रमणबाट हुने मृत्युमा कमी आएको छ । मन्त्री उमारले ट्वीट गर्दै छिटै यो अभियान विद्यालय केन्द्रित भई सञ्चालन गरिने जनाएका छन् ।

पाकिस्तानमा पछिल्लो चाैबीस घण्टामा १,४०० नयाँ संक्रमित फेला परेका छन् भने भाइरस संक्रमणका कारण ४१ जनाले ज्यान गुमाएका छन् । पाकिस्तानमा जुलाइदेखि दैनिक कोरोना संक्रमितको संख्या १,५०० भन्दा कम भएको यो पहिलो पटक हो ।

प्रतिक्रिया