मंगलबार, वैशाख ११, २०८१

संक्रमितको संख्या २३ करोड ३१ लाख नाघ्यो

नेपालखोज २०७८ असोज १२ गते १८:३५

काठमाडौं । संसारमा अहिलेसम्म २३ करोड ३१ लाख ८९ हजार ६२ मानिस कोरोना संक्रमित भएका छन् । यो समाचार तयार गर्दाको पछिल्लो तथ्यांकअनुसार महामारीका कारण विश्वमा अहिलेसम्म ४७ लाख ७१ हजार ७ सय ३४ को मृत्यु भएको छ । २० करोड ९९ लाख ३५ हजार १ सय १५ निको भएका छन् ।

कोरोना भाइरसले २ सय २१ देशका जनतामा प्रभाव पारेको छ । विश्वमा एक लाखभन्दा बढीको मृत्यु हुने राष्ट्रमा ब्राजिल, भारत, मेक्सिको, पेरु, रुस, इन्डोनेसिया, बेलायात, इटाली, कोलंयिबा, इरान, फ्रान्स, र अर्जेन्टिना छन् ।

विश्वमा कोरोना संक्रमणको तथ्यांक हेर्ने हो भने पछिल्लो २४ घण्टामा १ लाख एक हजार ७ सय २ संक्रमित थपिएका छन् । यसले संक्रमणदरको अवस्था पहिले भन्दा कम देखाए पनि जोखिम भने कायमै छ ।

तथ्यांक अनुसार आजभोलि पनि अमेरिका संसारमा सबैभन्दा धेरै कोराना संक्रमित देखिएको देशमा छ । मृतकको संख्या पनि यही देशको बढी छ । यस देशमा अहिलेसम्म ४ करोड ३९ लाख ४२ हजार ३ सय ३५ मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ७ लाख ९ हजार १ सय १९ को मृत्यु भएको छ ।

कोरोना संक्रमणदरको तथ्यांक हेर्ने हो भने अमेरिकापछि भारत दोस्रो स्थानमा कायमै छ । भारतमा हालसम्म ३ करोड ३६ लाख ९७ हजार ५सय ८१ संक्रमित भएका छन् । हालसम्म ४लाख ४७ हजार ४ सय ६ जनाको मृत्यु भएको छ । आज (मंगलबार) ४ हजार ४ सय ३३ नयाँ संक्रमित थपिएका छन् ।

यस्तै ब्राजिल कोरोना संक्रमणले प्रभावित हुने राष्ट्रमा तेस्रो स्थानमा छ । यहाँ अहिलेसम्म २ करोड १३ लाख ६६ हजार ३ सय ९५ संक्रमित भएका छन् । ५ लाख ९४ हजार ७ सय २ जनाको मृत्यु भएको छ । यस्तै वेलायतमा यो समाचार तयार पारुन्जेलसम्म ७७ लाख १ हजार ७ सय १५ संक्रमित भएका छन् । १ लाख ३६ हजार २ सय ८ जनाको मृत्यु भएको छ । संक्रमणबाट प्रभावित पाँचौं राष्ट्रमा रसिया रहेको छ । यस देशमा ७४ लाख ४३ हजार १ सय ४९ जना संक्रमित भएका छन् । संक्रमणका कारण २ लाख ४ हजार ६ सय ७९ जनाको मृत्यु भएको छ ।

पछिल्लो समयमा विभिन्न देशले कोरोनाविरुद्धको भ्याक्सिन पनि उत्पादन गरेका छन् । नेपालले पनि विभिन्न देशमा बनेका भ्याक्सिन ल्याएर सर्वसाधारणको पहुँचसम्म पुर्‍याएको छ । तर मागेको भ्याक्सिन पर्याप्त नहुँदा सवै नेपालीले लगाउन पाएका छैनन् । ८० प्रतिशतसम्म कोरोना संक्रमण हुनवाट जोगिने भ्याक्सिन विश्वका अधिकांश मानिसको पनि पहुँचमा पुग्न सकेको छैन । जसका कारण अझै संक्रमितको संख्या कायमै रहेको तथ्यांक बाहिरीएको हो ।

पछिल्लो समय परीक्षणको संख्या र परीक्षण गरेकामध्ये संक्रमितको दर प्रतिशत नेपाललगायत विश्वमै कम छ । अर्को लहरको संभावना भएको विश्व स्वास्थ्य संगठनले नै भनिरहेको बेला संक्रमण दर कम हुँदै जानुलाई सुखद पक्ष भने मानिहाल्नु पर्ने अवस्था भएको छैन ।

प्रतिक्रिया