शनिबार, वैशाख ८, २०८१

नेपालमा १ करोड ३१ लाख बढीले लगाए कोरोना विरुद्धको खोप

नेपालखोज २०७८ असोज १२ गते १९:०७

काठमाडौं । नेपालमा एक करोड ३१ लाख बढीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । नेपाल सरकारले पछिल्लो समय खोप कार्यक्रमलाई मुख्य प्राथमिकता दिँदै देशभर खोप लगाउने कार्यक्रम गरिरहेको छ ।

गत २४ घण्टामा मात्रै दुई लाख आठ हजार ९० मात्रा खोप लगाएसँगै नेपालमा खोप लगाउनेको संख्या एक करोड ३१ लाख ६६ हजार पाँच सय ९८ जना पुगेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खोप लगाउनेमध्ये ६२ लाख पाँच हजार सात सय ७० जनाले पूर्ण मात्रा र ६९ लाख ६० हजार आठ सय २८ जनाले एक मात्रा खोप लगाएका छन् ।
सरकारले आगामी चैत मसान्तसम्म सबै नागरिकलाई खोप लगाइ सक्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया