शुक्रबार, वैशाख ७, २०८१

सरोकारवालासँग छलफल गरेर मात्रै सूचना प्रविधि क्षेत्रको विकासमा लाग्न सरकारको ध्यानाकर्षण

नेपालखोज २०७८ असोज १२ गते १९:२०

काठमाडौं । प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले सरोकारवालाहरुसँग विस्तृत छलफल गरेर मात्रै सूचना प्रविधि क्षेत्रको विकासमा लाग्न सरकारलाई सचेत गराएकी छन् ।

सभापति खड्काले निजी क्षेत्रको गुनासोलाई सम्बोधन नगरी सूचना प्रविधि क्षेत्रको विकासले गति लिन नसक्ने तर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइन् । मंगलबार काठमाडौंमा आयोजित सूचना प्रविधि क्षेत्रको विकाससम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रले सरकार पुग्न नसकेको ठाउँमा पनि सूचना प्रविधिको विकास गरेको पुर्‍याएको उल्लेख गर्दै त्यसलाई ग्रहण गरेर सरकारी निकायहरुले पनि अघि बढनुपर्ने आवश्यकता औंल्याइन् ।

खड्काले सूचना प्रविधि क्षेत्र नयाँ भएकाले यसको विकासमा सरोकारवाला निकायहरुसँग बलियो सहकार्य गरेर अघि बढन सरकारलाई पटकपटक निर्देशन दिइएको पनि स्मरण गराएकी छन् । उनले सूचना प्रविधि क्षेत्रको विकासमा एकीकृत खालको योजना ल्याउन पनि सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिक्रिया