तराई क्षेत्रमा जितिया पर्व मनाइँदै, पर्व मनाउनेलाई सार्वजनिक बिदा
नेपालखोज
२०७८ असोज १३ गते ८:२८
काठमाडौं । तराईसहित विभिन्न जिल्लामा आज जितिया पर्व मनाईंदै छ । यो पर्वमा बिहानै नजिकैको जलाधार अथवा नदीमा स्नान गरी तोरीको तेल र ‘खर’ चढाउने परम्परा छ ।
मातृस्नेहको रुपमा मनाइने यो पर्वमा आमाहरूले स्नान गरेर मात्र चोखो खानेकुरा खाने गर्दछन् । थारु समुदायले जितियालाई विजय अर्थात् जितका रूपमा मनाउने गरेको छ ।
पर्वमा भगवान विष्णु, शिव र भगवान सूर्यको पूजा अर्चना हुन्छ । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाइन्छ ।
सरकारले जितिया पर्व मनाउनेलाई सार्वजनिक बिदा दिएको छ । यस्तै, दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिँदै हाम्रो संस्कृति र संस्कारमा आफ्नो विशिष्ट पहिचान र विशेषता रहेको बताए ।
सम्बन्धित
प्रतिक्रिया