शुक्रबार, वैशाख २१, २०८१

मुटु राेगबाट कसरी बच्ने ?

नेपालखोज २०७८ असोज १३ गते १०:१७

काठमाडौं । आज सेप्टेम्बर २९ विश्व मुटु दिवस । हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्व मुटु दिवसका रुपमा मनाउने गरिन्छ ।

यस वर्षको विश्व मुटु दिवसको नारा युज हर्ट टु कनेक्ट’ भन्ने रहेको छ । दिवसका अवसरमा मुटुलाई स्वस्थ राख्ने उपायबारे चेतनामूलक विभिन्न कार्यक्रम गरी मनाईंदैछ। मुटु राेगका बिरामीको तथ्याङ्क हेर्ने हो भने प्रत्येक वर्ष मुटुरोगीको सङ्ख्या बढ्दै गएको छ । यसको मुख्य कारण अस्वस्थ तथा असन्तुलित खानपान, विलासी जीवन र लापरबाही हाे ।

मुटु जिन्दगी जिउनका लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ किनभने मुटु ४ मिनेट मात्रै बन्द हुने हो भने जीउन सम्भव छैन।सहरी क्षेत्रमा मुटुरोगका बिरामी झन धेरै बढेका छन् ।

यसको मुख्य कारण शारीरिक व्यायामको कमी, खानपिनमा आएको परिवर्तन, अत्यधिक धूमपान, मध्यपान, पोलुसन, तनावपूर्ण जीवन हुन् ।

नेपालमा २५ प्रतिशत अर्थात झण्डै ७५ लाख नागरिक कुनै न कुनै प्रकारका मुटुरोगबाट पीडित रहेका सरकारी तथ्याङ्क छ । मुटु रोगीको संख्या नेपालमा १० वर्षयता ५ गुणाले बढेको छ ।

१०–१५ वर्ष अगाडि ५० वर्ष नाघेपछि मात्र मुटुसम्बन्धी समस्या देखिने गरेकोमा अहिले युवा र बालबालिकालाई नै मुटु सम्बन्धी समस्या देखिन थालेको छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा विश्वभर मुटु रोगबाट ज्यान गुमाउनेको संख्या बर्सेनि साढे २ करोड पुग्ने अनुमान गरेको छ ।

खानपानमा सुधार, व्यायम, धूमपान मध्यापान नगर्ने, कोलोस्ट्रोल र सुगरलाई कन्ट्रोलमा राख्न सकियो भने मुटुसम्बन्धी रोगबाट बच्न सकिन्छ ।

प्रतिक्रिया