बिहीबार, वैशाख २०, २०८१

मंगोलियामा कोभिड-१९ संक्रमितकाे संख्या ३ लाख नाघ्यो

नेपालखोज २०७८ असोज १३ गते १४:२७

उलान । मंगोलियामा कोभिड-१९ संक्रमितको संख्या तीन लाख नाघेको छ । गत चाैबीस घण्टामा २ हजार ५१५ जना नयाँ कोरोना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या तीन लाख एक हजार ४३४ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

मंगलबार यहाँ कोरोना संक्रमणबाट ६० वर्षभन्दा माथिका १९ बिरामीको मृत्यु भएको थियो । योसँगै मंगोलियामा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या १ हजार १८५ पुगेको छ ।

मंगोलियामा करिब ३४ लाख अर्थात कूल जनसंख्याको ६५ प्रतिशतलाई पुरा डोज खोप लगाइएको छ । यहाँँ कोभिड १९ नयाँ स्वरुपको रुपमा आएको डेल्टा भाइरसको संक्रमण जारी रहेको छ । यहाँ दैनिक रुपमा २ हजार भन्दा बढी संक्रमित र करिब २० जनाको मृत्यु हुने गरेको जनाइएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया