शनिबार, जेठ ५, २०८१

‘लिडिङ पार्टनर बैंक’ उपाधि लक्ष्मी बैंकलाई

नेपालखोज २०७८ असोज १३ गते १४:३८

काठमाडौं । एसियन डेभेलपमेन्ट बैंकले २०२१ को लिडिङ्ग पार्टनर बैंकको उपाधिबाट लक्ष्मी बैंकलाई सम्मानित गरेको छ ।

सो उपाधि एडिबी को ट्रेड तथा सप्लाई चेन फाइनान्स योजनाअन्तर्गत रहेको छ, जसमा एडिबीसँगको सहकार्यमा सबैभन्दा बढी कारोबार गर्ने बैंकलाई प्रदान गर्ने गरिन्छ ।

लक्ष्मी बैंकले सो उपाधि लगातार दोस्रो वर्ष प्राप्त गर्न सफल भएको हो । एडिबीले सो उपाधिहरु जुलाई १, २०२० देखी जुन ३०, २०२१ को अवधिभर गरिएको विभिन्न सहकार्यको आधरमा प्रदान गर्ने गरेको छ र सोही अवधिमा लक्ष्मी बैंकले विभिन्न साना, मझ्यौला तथा ठुला संस्थाहरुसँग कारोबार गरी सबै भन्दा सकृय साझेदार बैंककोरूपमा प्रस्तुत भएको छ ।

एडिबी को ‘लिडिङ्ग पार्टनर बैंक’ उपाधि ले लक्ष्मी बैंकको व्यापार तथा वित्त, परिचलन क्षमता, वित्तिय स्वास्थ र जोखिम व्यवस्थापान को सुदृधिकारण गर्ने प्रयासहरुलाई अझ सार्थक बनाएको छ ।

हालको कोभिड–१९ को स्थितिका कारण, भर्चुअल गरिएको पुरस्कार समरोहमा सो उपाधि लक्ष्मी बैंकलाई प्रदान गरिएको थियो ।

सो कार्यक्रममा २०० भन्दा बढी साझेदार बैंकहरु उपस्थित थिए, जसमा २५ बैंकहरुलाई २० वटा श्रेणीमा विभिन्न उपाधिहरुद्वारा सम्मानित गरिएको थियो ।

प्रतिक्रिया