बुधबार, वैशाख १२, २०८१

मौसम : पाँच प्रदेशमा मेघ गर्जनसहित वर्षा

नेपालखोज २०७८ असोज १४ गते ६:२७

काठमाडौं । भारतको झारखण्ड र आसपास बनेको न्यून चापिय क्षेत्रको प्रभावका कारण नेपालका विभिन्न स्थानमा आज पनि विहानैदेखि हल्का वर्षा भइरहको छ ।

हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउसो देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी केही स्थानहरूमा मेघ गर्जन र चट्यांगसहित मध्यम वर्षाको सम्भावना छ ।

बाँकी प्रदेशका पनि थोरै स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति देशभर आंशिक देखि सामान्य बदली हुँदै बागमति, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानमा वर्षाको सम्भावना छ ।

प्रतिक्रिया