ईपीएल : काठमाडौंद्वारा चितवनलाई १४२ रनको चुनौती
नेपालखोज
२०७८ असोज १४ गते १२:३०
काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौंले चितवनलाई १ सय ४२ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं किंङ्सले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै चितवन टाइगर्सलाई १ सय ४२ रनको लक्ष्य दिएको हो । काठमाडौंका सुवास खकुरेलले सर्वाधिक ३५ रन बनाएका छन् । उनले २ चौका र २ छक्का प्रहार गरे ।
यस्तै राजु रिजालले २० बलमा २८ रन र जनक प्रकाशले २६ रनको योगदान दिए । खेल कीर्तिपुरस्थित टियू मैदानमा जारी छ ।
सम्बन्धित
प्रतिक्रिया