बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रिय अनुन्धान व्युरो (सिआईबी) ले काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नम्वर ६ बस्ने नारायण भक्त संगतलाई आज (बिहिबार) काठमाडौको सिफलबाट पक्राउ गरेको हो ।
सिआईबीका अनुसार संगतले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी सिटिजन्स बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट वि.सं २०७७ माघ २७ गते प्रतिवादी संगतको हकमा बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम पाँच दिन कैद र १० लाख रुपैंया जरिवाना ठहर भएको थियो ।
सो पश्चात फरार रहेका संगतलाई केन्द्रिय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित विशेष टोलीले आज (बिहिबार) पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको जानकारी दिएको छ ।
प्रतिक्रिया