अस्ट्रेलियामा अन्तर्राष्ट्रिय यात्रामाथि लगाएको प्रतिबन्ध हट्दै
काठमाडौं । अस्ट्रेलियाले अर्को महिना अन्तर्राष्ट्रिय यात्रामाथि लगाइएको प्रतिबन्ध हटाउँदैछ । अस्ट्रेलियाले खोप लगाएका यात्रुलाई १८ महिनामा पहिलो पटक आफ्नो मुलुकमा प्रवेश गर्न दिने गरी आगामी नोभेम्बरबाट अन्तर्राष्ट्रिय सीमाना खुला गर्न लागेकाे हाे ।
यो नीतिले कोभिड-१९ को नियन्त्रणमा सघाएको भन्दै प्रशंसा भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले खोप लगाउने दर ८० प्रतिशतभन्दा बढी रहेका राज्यहरूले यात्रामा अनुमती पाउने छन् ।
अस्ट्रेलियामा रहेको १४ दिने होटल क्वारन्टीनको व्यवस्थाले प्रत्येक यात्रुलाई अस्ट्रेलियाली डलर ३,००० अर्थात् दुई लाख ५६ हजार नेपाली रुपैयाँ खर्च गर्नुपर्ने अवस्था थियो।
उक्त व्यवस्थालाई क्रमैसँग हटाउने निर्णय गर्दै त्यसको सट्टा खोप लगाएका यात्रुहरूलाई सात दिने होम क्वारन्टीनमा बस्नुपर्ने व्यवस्था गरिने बताइएको छ।
तर प्रमुख वायुसेवा कम्पनीहरूले तत्कालै आफ्नो सेवा सञ्चालन गर्न तयार नभइसकेको चेतावनी दिइरहेका छन्।
प्रतिक्रिया