मंगलबार, मंसिर १८, २०८१

‘प्रचण्डकाे सोचका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगी टुंगियाे’

नेपालखोज २०७८ असोज १५ गते १५:४६

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि पुष्पकमल दाहालले पार्टीलाई विभाजन गर्ने काम गरेको आरोप लगाएका छन् ।

शुक्रबारबाट ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सुरु भएको विधान राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले यस्ताे बताएका हुन् ।

अध्यक्ष ओलीले सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको बताए ।

पार्टीको विधान महाधिवेशनमा राजनीतिक प्रतिवदन पेश गर्दै उनले माधव नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापले पनि पार्टी विभाजनमा ठूलो भूमिका खेलेको बताए ।

उनले कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउने प्रयास जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गरे । यस्तै ओलीले नेकपा एमालेलाई विभाजन गराउने मुख्य योजनाकार माधवकुमार नेपाल भएको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले पार्टी विभाजन गर्ने माधव नेपालको योजनामा साथ नदिएर पार्टी एकताको पक्षमा उभिएको भन्दै उपाध्यक्ष भीम रावलसहितका नेताहरुले स्वागत योग्य काम गरेको टिप्पणी समेत गरे ।

प्रतिक्रिया