‘सरकारले तथ्यांक संकलनको कामलाई गम्भिरतापूर्वक अगाडि बढाएको छ’
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सरकारले तथ्यांक संकलनको कामलाई गम्भिरतापूर्वक अगाडि बढाईरहेको बताएका छन् । उपाध्यक्ष पौडेलले मुलुकलाई सुशासनको बाटोबाट अगाडि बढाउन पनि सरकारले तथ्यांक संकलनको कामलाई प्राथमिकतामा साथ अघि बढाएको तर्क समेत गर ।
नेपाल उद्योग परिसंघले शुक्रबार काठमाडौंमा सार्वजनिक गरेको ‘इन्डष्ट्रि स्टाटस रिर्पोट’ को सार्वजनिक गर्दै उनले केन्द्रिय तथ्यांक विभागलाई पनि यथार्थमा आधारित तथ्यांक संकलनको काममा जोड दिन सचेत गराए । उपाध्यक्ष पौडेलले तथ्यांकमा आधारित भएर शासन गर्नु नै सुशासन भएको स्मरण गराउँदै त्यस काममा उद्योगी व्यवसायीहरुको पनि ध्यान जानु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले उद्योग व्यवसाय संचालनका लागि विद्युतमा लगाइएको महशुल दर घटाउन सरकारसँग माग गरे । उनले विद्युत महशुल घटाउने काम सरकारले गरे नेपालको निर्यात व्यापार समेत बढेर जाने स्पष्ट पारे । अध्यक्ष अग्रवालले विद्युत महशुल सहुलियत दरमा सरकारले व्यवस्था गर्न नसक्दा नेपालले आयातित बस्तुमा निर्भर हुनुपर्ने अवस्था आएको तर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रको विकासका लागि सरकारले उद्योगधन्दाहरु संचालनका लागि उपयुक्त वातावरण निर्माण गर्नुपर्ने आवश्यक्ता औंल्याउँदै आएको छ । मुलुकको व्यापार घाटा कम गर्न र बेरोजगारी समस्या समाधान गर्न पनि सरकारले उद्योग व्यवसायमैंत्री वातावरण निर्माणमा ढिलाई गर्न नहुने अध्यक्ष अग्रवालको भनाई थियो ।
प्रतिक्रिया