शुक्रबार, मंसिर २८, २०८१

साफ च्याम्पियनसिप : बंगलादेशद्धारा श्रीलंका पराजित

नेपालखोज २०७८ असोज १६ गते ७:१३

काठमाडौं । माल्दिभ्समा सुरु भएको साफ च्याम्पियनसिप २०२१ मा बंगलादेशले विजयी सुरुवात गरेकोे छ । मालेस्थित नेसनल स्टेडियममा भएको खेलमा श्रीलंकालाई १–० ले पराजित गर्दै बंगलादेशले विजयी यात्रा सुरुवात गरेको हो ।

बंगलादेशका लागि टोपु वर्मनले ५६औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरेका थिए । डुकसन पुलसालले पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि बंगलादेशले पेनाल्टी प्रहारको अवसर पाएको थियो ।

बल ह्याण्ड गरेपछि डुकसनले रातो कार्ड पाएपछि श्रीलंका १० खेलाडीमा समेटिएको थियो । सिंगल राउण्ड रोबिनको आधारमा भएको प्रतियोगितामा जितपछि बंगलादेशको तीन अंक जोडेको छ ।

प्रतिक्रिया