बिहीबार, जेठ ३, २०८१

लिपुलेक र कालापानी क्षेत्रमा जनगणना गरिँदै, एक हजार जनसंख्या पुगेको अनुमान

नेपालखोज २०७८ असोज १६ गते ७:५२

काठमाडौं । लिपुलेक र कालापानी क्षेत्रमा नेपालले जनगणना गर्ने भएको छ । फिल्डमा नै पुगेर दुई स्थानका नागरिकको तथ्यांक लिन लागिएको केन्द्रिय तथ्यांक विभाग तथ्यांक शाखाका प्रमुख डुण्डीराज लामिछाने बताए ।

भारतसँग सिमाना जोडिएको दार्चुलाको लिपुलेक र कालापानी विवादास्पद भनेर हल्ला गरेपनि विभागले त्यसरी नलिएको जनाएको छ । त्यहाँ कुनै समस्या आए कुटनैतिक पहलबाट अथवा वैकल्पिक विधि अपनाएर पनि गणना गर्ने लामिछानेले बताए ।

व्यास गाउँपालिका १ वडाका गुन्जी, कुटी र नाभि गाउँका करिब ३ सय २० परिवारका एक हजार जनाको गणना गर्न विभागले घरदैलोमै पुग्ने उनले बताए । यस अघिको तथ्यांकमा सातसय जना रहेको उक्त क्षेत्रमा हाल एक हजार जना पुगेको अनुमान छ ।

सरकारले सुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर ९ गतेभित्र सबै नेपालीको घरदैलोमा पुगेर गणना गर्ने गरी काम अघि बढेको उनी बताउँछन् ।

विभागले तालिम दिएर आठ हजार सुपरभाइजरलाई गत भदौ ३० गतेबाट फिल्डमा पठाइसकेको छ । असोज १८ गते भित्र सम्पन्न गर्ने पहिलो चरणको घर सूचिकरणका काम सम्पन्न गर्ने कार्यतालिका बनाएको छ ।

प्रतिक्रिया