मंगलबार, मंसिर १८, २०८१

वेदुराम भुसालको आरोप- एमालेले संसद् अवरुद्ध पारेर संविधानमाथि नै हमला गर्‍यो

नेपालखोज २०७८ असोज १६ गते १७:५३

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसद् अवरुद्ध पारेर संविधानमाथि नै हमला गर्ने काम गरिरहेको आरोप लगाएका छन् ।

महासचिव भुसालले एमालेले अदालतमा विचाराधिन मुद्धालाई विषय बनाएर संसद् अवरुद्ध पार्नु गैर संवैधानिक र गैर कानुनी कदम भएको तर्क समेत गरे । शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले सदन अवरुद्ध पार्ने कामले एमाले आफै जनताको माझमा नांगिदै गएको दावी समेत गरे ।

उनले भने, ‘यो लोकतन्त्रमाथिको हमला हो । संविधानमाथिको हमला हो । गैर जिम्मेवार र अनैतिक काम हो । जो उहाँहरुले गरिरहनु भएको छ, त्यसले उहाँहरु नांगिनु भएको छ । संविधानमा अदालतमा विचाराधिन विषयमा संसदमा छलफल हुन नसक्ने संवैधानिक व्यवस्था छ । एमालेले संविधानको त्यो व्यवस्था विपरितका काम गरिरहेको छ ।’

महासचिव भुसालले मन्त्रीपरिषदलाई पूर्णता दिने विषयमा सत्तारुढ गठबन्धनले पहिलो प्राथमिकता दिएको पनि बताए । तर उनले मन्त्रीपरिषदले कहिले पूर्णता पाउँछ भन्ने विषय भने खुलाएन् ।

प्रतिक्रिया