मंगलबार, मंसिर १८, २०८१

स्पेनिस ला लिगा : एट्लेटिकोसँग बार्सिलोना पराजित

नेपालखोज २०७८ असोज १७ गते ६:४४

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले बार्सिलोनालाई २–० गोल अन्तरले हराएको छ ।

फरवार्ड लियोनल मेस्सी बाहिरिएसँगै संकटमा फसेको बार्सिलोना शनिबारको खेलमा पनि खराब प्रदर्शनबाट गुज्रियो ।

खेलमा एट्लेटिकोलाई जित दिलाउन थोमस लेमार र लुइस सुआरेजले एक एक गोल गरेका थिए ।

जितसँगै एट्लेटिको ८ खेलमा १७ अंकसहित दोस्रो स्थानमा छ । १२ अंक जोडेको बार्सिलोना दशौँ स्थानमा छ ।

प्रतिक्रिया