बिहीबार, मंसिर २७, २०८१

साहस उर्जाको आईपीओ बाँडफाँट हुँदै, ३ प्रतिशत सेयर कर्मचारीलाई

नेपालखोज २०७८ असोज १७ गते ८:५१

काठमाडौं । असोज ६ गतेबाट खुल्ला गरिएको साहस उर्जा लिमिटेडको आईपीओ आज बाँडफाँट हुने भएको छ ।

आज आईपीओ बाँडफाँट हुने कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ । कम्पनीको सेयरको प्रिअलटमेन्ट शुक्रबार गरिएको थियो ।

कम्पनीले असोज १० गतेसम्म सर्वसाधारणको लागि सेयर निष्कासन गरेको थियो । कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता सेयर निष्काशनमा ल्याएको थियो ।

कम्पनीको आईपीओमा २४ लाख ७४ हजार ४३६ आवेदकबाट ३ करोड ४४ लाख ९८ हजार ३९० कित्तासेयर माग भएको छ । सर्वसाधारणलाई निष्कासन गरेको ६४ लाख ४० हजार कित्ता सेयरको ५.३५ गुण बढी हो ।

सेयर मध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ६४ लाख ४० हजार कित्ता सेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

प्रतिक्रिया