भारतीय कांग्रेस महासचिव प्रियंका प्रहरी नियन्त्रणमा
नेपालखोज
२०७८ असोज १८ गते ८:००
काठमाडौं । भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उत्तर प्रदेशको लखिमपुर खिरी भन्ने स्थानमा जारी किसान आन्दोलनमा सहभागी हुन जाने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
आज बिहान करिब साढे पाँच बजे गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।
गान्धीलाई प्रहरीले लखनउमा नै रोक्ने क्रममा केहीबेर कांग्रेस कार्यकर्ता र प्रहरीबीच ठेलाठेल समेत भएको थियो । तर उनी प्रहरीलाई छल्दै लखिमपुर खिरी प्रस्थान गरेकी थिईन् ।
उत्तर प्रदेश कांग्रेसले गान्धीलाई प्रहरीले हिरासतमा राखेको जानकारी दिएको छ । भारत सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानहरु लामो समयदेखि आन्दोलनमा छन् ।
सम्बन्धित
प्रतिक्रिया