आइतबार, जेठ ६, २०८१

१८ महिनापछि खुल्यो जोगबनी नाका

नेपालखोज २०७८ असोज १८ गते १३:०२

मोरङ । १८ महिनापछि विराटनगरस्थित रानी–जोगबनी नाका पूर्ण रूपमा खुला भएको छ ।

सरकारले गत मंगलबार सीमा नाका पूर्ण रूपमा खुला गर्ने निर्णय गरेको थियो । निर्णय भएको १२ औं दिनमा कार्यान्वयन भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित छन् ।

नाकाबाट शनिबारदेखि मोटरसाइकल, कार, जिप, सिटी रिक्सा साइकलगायतसवारी साधन आउजाउ गर्न थालेका छन् ।

विराटनगरस्थित रानी भन्सार नाकाबाट कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले २०७६ चैत १२ गते लकडाउन गरेदेखि मालवाहक सवारीबाहेकका सवारी साधन चलेका थिएनन् ।

कोरोना महामारी सुरु भएदेखि धारासायी बनेको पर्यटन व्यवसाय सीमा नाका खुल्ला भएसँगै भारतीय पर्यटक भित्र्याएर व्यवसाय उकास्ने योजनामा यहाँका पर्यटन व्यवसायी रहेका छन् ।

प्रतिक्रिया