शनिबार, जेठ ५, २०८१

आशा लघुवित्तको लाभांश साढे १० प्रतिशतले बढ्यो

नेपालखोज २०७८ असोज १८ गते २०:०५


काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको लाभांश साढे १० प्रतिशतले बढेको छ ।

अघिल्लो आव २०७७/७७ मा चुक्ता पुँजीको १५.७८९ प्रतिशत लाभांश वितरण गरेको लघुवित्त कम्पनीले गत आव २०७७/७८ बाट सेयरधनीलाई चुक्ता पूँजीको २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीको असोज १७ गते आइतबार बसेको सञ्चालक समितिको ९४औं बैठकले चुक्ता पुँजीको २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यसअनुसार कम्पनीले चुक्ता पुँजीको २६ करोड ७१ लाख ३१ हजार २०० रुपैयाँको आधारमा ६ करोड ६७ लाख ८२ हजार ८०० रुपैयाँबराबरको बोनस सेयर र ३५ लाख १४ हजार ८८४ रुपैयाँ नगद लाभांश गरी कुल ७ करोड २ लाख ९७ हजार ६८४ रुपैयाँ वितरण गर्नेछ ।

प्रतिक्रिया