आइतबार, वैशाख १६, २०८१

नेकपा (एस)को बैठक बस्दै,सरकारमा जाने मन्त्रीबारे छलफल गर्ने

नेपालखोज २०७८ असोज २१ गते ९:३१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज (बिहिबार) बस्दैछ ।

बिहान १० बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बोलाइएको छ । बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने नेताहरुको नाम टुंगो लगाउने बताइएको छ ।

यस्तै आजै माधव कुमार नेपालले नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीलाई समाजवादीमा प्रवेश गराउँदै छन् ।

प्रतिक्रिया