शनिबार, वैशाख १५, २०८१

‘उस्तै परे आजै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ’

नेपालखोज २०७८ असोज २१ गते १०:२९


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद विस्तार हुन सक्ने बताएका छन् ।

प्रचण्डले भने ‘भर्खरै क्याबिनेट अब हामी उस्तै परे आज शपथ ग्रहण हुन्छ होला, पूर्णता पाउँछ’ ।

पचली टिभीको उदघाटन समारोहलाई आज सम्बोधन उनले सबै उत्पीडित समुदायलाई, विशेष गरी महिलालाई, अगाडि ल्याउन नयाँ प्रयास गरेको बताए ।

यही प्रयास अनुसार माओवादी केन्द्रको तर्फबाट मन्त्रिपरिषदमा ५० प्रतिशत महिलालाई सहभागी गराउने निर्णय गरेको प्रचण्डको भनाइ छ ।

माओवादी केन्द्रले सरकारमा जाने मन्त्री छानिसकेको छ भने जनता समाजवादी पार्टी (जसपा)का नेता बिहानैदेखि मन्त्रिको सूची तयार पार्न जुटेका छन्। माओवादी केन्द्रले छानेका ३ मन्त्री र एक जना राज्यमन्त्रीको आजै सपथ हुने बताइएको छ ।

प्रतिक्रिया