बिहीबार, मंसिर २७, २०८१

सनराइज बैंकद्वारा बाल संगठनलाई १ लाख ५० हजार सहयोग

नेपालखोज २०७८ असोज २१ गते १६:३१

काठमाडौं । सनराइज बैंकले विभिन्न संस्थाहरुलाई सहयोग गरेको छ । बैंकले आफ्नो १४ औँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न संघ–संस्थालाई सहयोग गरेको हो ।

यस अन्तर्गत बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरलाई सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल बाल संगठन, बाल मन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपानेलार्ई आर्थिक सहयोग गरेका हुुन ।

बाल संगठनलाई आवश्यक खाद्य सामग्री, लत्ताकपडा आदि वितरण गर्दै आएकोमा यस वर्ष दसैँमा बालबालिकाको लागि नयाँ कपडा किन्नको लागि नगद १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको बैंकले जानकारी दिएको छ ।

यसैगरी बैंकको गण्डकी प्रदेश कार्यालयको अगुवाइमा अमोर सेवा नेपाललाई नगद र खाद्य सामग्री वितरण गरिएको छ । बैंकको लुम्बिनी प्रदेशबाट विरेन्द्र मा.वि रुपन्देहीको दृष्टिविहीन संकायको भवन निर्माणको लागि पनि आर्थिक सहयोग गरेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया