मंगलबार, मंसिर १८, २०८१

आज नवरात्रीको दोस्रो दिन, ब्रम्हचारिणीको पूजा गरिँदै

नेपालखोज २०७८ असोज २२ गते ९:३०

काठमाडौं । नेपालीहरुको महान् चाड बडादसैँको दोस्रो दिन आज (शक्रबार) ब्रम्हचारिणीको पूजा अर्चना गरि मनाइँदैछ ।

कोत तथा दशैँघरमा हिजो विधिपूर्वक घटस्थापना गरेपछि यस वर्षको वडादशैँ सुरु भएको हो । ब्रह्मचारिणीको अर्थ ब्रह्म (तपस्या)को आचरण गर्ने भन्ने बुझिन्छ ।

यो दिन मातालाई शख्खर र पंचामृतको भोग लगाउनाले दीर्घायूको आशीर्वाद प्राप्त हुने जनविश्वाश छ ।नवरात्रको समयमा घटस्थापना गरी ९ रात दश दिनसम्म शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गर्ने गरिन्छ ।

आज राजधानीका तलेजु भवानी, गुह्वेरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, विजेश्वरी, शोभाभगवती, नक्साल भगवती र भद्रकालीमा दर्शन गर्नेहरुको भिड लागेको छ ।

दसैँको पहिलो दिन हिजो (बिहिबार) घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो ।

प्रतिक्रिया