नेपाल इन्भेष्टमेन्टको ८८औं शाखा बाराको सिम्रोनगढमा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्नो ८८ औं शाखा बाराको सिम्रौनगढमा खोलेको छ । नयाँ शाखाको उद्घाटन सिम्रौनगढका मेयर बिजय शंकर यादव र प्रबन्धक सुशील कुमार श्रेष्ठले गरेको बैंकले जानकारी दिएको छ ।
सिम्रौनगढ शाखाले ग्राहकहरुलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरतालाई फराकिलो पार्ने उद्देश्यले स्थानीय मागहरुलाई पुर्णरुपमा पुरा गर्ने बैंकिङ सेवाहरु प्रदान गर्ने छ ।
बैंकले हाल सबै क्षेत्रमा थरी ८७ वटा शाखा १ सय ३० वटा एटिएम काउन्टर, २० वटा एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा उपलब्ध गराउँदै आएको छ ।
५ पटकसम्म फाइनान्सीयल टाइम्सबाट ‘बैंक अफ दईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०७५ र २०७८ युरोमनी अवार्डबाट समेत सम्मानित भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।
प्रतिक्रिया