मंगलबार, मंसिर १८, २०८१

देउवाले बनाए गैर सांसद्लाई मन्त्री

नेपालखोज २०७८ असोज २२ गते १६:५६

काठमाडाैं । गजेन्द्र हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त गरेका हुन् । देउवाले पार्टी राजनीति र संसदमै नभएका हमाललाई मन्त्री बनाएका छन् ।

गैर सांसद्लाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनाइए पछि नवनियुक्त मन्त्री हमालको नाम प्रधानन्यायाधीश चोलन्द्र शमशेर राणसँग जोडिएको छ । मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशको समेत भाग लागेको भन्दै आलोचना भएको थियो ।

हमाल प्रधानन्यायाधीश राणाका नातेदार हुन् । यद्यपी प्रधानन्यायाधीश राणाले आफूले मन्त्रिमण्डल विस्तारमा कुनै दाबी नगरेको भन्दै न्यायालयलाई राजनीतिक भागबन्डामा जोड्न नहुने बताइरहेका छन् । नवनियुक्त मन्त्री हमालले बाँकेबाट कांग्रेसको राजनीति गर्दै आएका छन् । उनले नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीति सुरु गरेका थिए ।

उनी २०२८ सालमा नेविसंघ बाँकेको पहिलो अध्यक्ष बनेका थिए । गजेन्द्रले २०३६ सालमा भएको विद्यार्थी आन्दोलनको बाँकेमा नेतृत्व गरेका थिए । विद्यार्थी आन्दोलनका क्रममा स्थानीय प्रशासनको तारो बनेपछि उनी भागेर दाङ पुगेका थिए । उनले पश्चिम दाङमा बसेर तत्कालीन समयमा उक्त क्षेत्रका विद्यालयहरुमा हड्ताल गराएका थिए ।

प्रतिक्रिया