एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरुको बैठक बस्दै
नेपालखोज
२०७८ असोज २४ गते ८:४६

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) बाट मन्त्री बनेकाहरुको बैठक बस्दै छ । एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री बनेकालाई बोलाएका हुन् ।
बैठकमा स्वास्थ्यमन्त्रीमा विरोध खतिवडा, सहरी विकासमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले र श्रममन्त्रीमा किसान श्रेष्ठले जिम्मेवारी पाएका छन् ।
यस्तै स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ सहभागी हुने छन् । बैठक विहान ११ बजे बानेश्वरको आलोक नगरस्थित पार्टी कार्यालयम बोलाइएको हो । बैठकमा जनपक्षीय काम गर्न निर्देशन दिने बताइएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया