अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै

नेपालखोज २०७८ असोज २४ गते ८:५६

काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज (आइतबार) विश्वासको मत लिँदै छिन् । आजदेखि सुरु हुने प्रदेश सभाको नवौँ अधिवेशनमा उनले विश्वासको मत लिन लागेकी हुन् ।

एमालेका तर्फबाट एकल बहुमतसहित शाक्य मुख्यमन्त्री बनेकी थिइन्। नेकपा एमालेभित्रको विवादका कारण विभाजनको अवस्थामा पुगेपछि शाक्यले ओलीलाई साथ दिएकी थिइन् । भदौ २५ गते एमाले विभाजनको पत्र दर्ता भएसँगै उनी अल्पमतमा परेकी थिइन् ।

वाग्मती प्रदेशमा सभामुखसहित एक सय ९ सांसद छन् । त्यसका लागि विश्वासको मत लिन ५५ सांसद आवश्यक पर्छ । तर एमालेसँग अहिले ४३ सांसद छन् ।

प्रतिक्रिया