साफ च्याम्पियनसिप : नेपाल र भारत खेल्दै
नेपालखोज
२०७८ असोज २४ गते ९:१६

काठमाडौं । माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप फुटबलमा आज (आइतबार) नेपाल र भारत खेल्दैछन् ।
मालेस्थित राष्ट्रिय रंगशालामा नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार पौने १० बजे सुरु हुनेछ । यसअघिका दुई खेल जितेको नेपाल ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।
पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले हराएको थियो । लगातारको दुई जितले नेपाल फाइनल नजिक रहेको छ ।
भारत २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । नेपालविरुद्ध भारत ३ अंकको खोजीमा हुनेछ ।
।
सम्बन्धित

प्रतिक्रिया