छाब्दीलाई नेपालकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउने
नेपालखोज
२०७८ असोज २४ गते १०:४६

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पवित्र तीर्थस्थल छाब्दीको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही विकास कोषले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले छाब्दीलाई नेपालकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउने अभियानलाई प्रभावकारी बनाउन आग्रह गरे ।
मन्त्री श्रेष्ठले छाब्दीको विकासका लागि ५० लाख रुपैयाँ देखि एक करोड रुपैयाँसम्मको बजेट विनियोजन गराउने आश्वासन दिए ।
फरक प्रसङ्गमा उनले बेरोजगार युवालाई रोजगारी दिनका लागि कार्ययोजना बनाएर अघि बढ्ने बताए । कार्यक्रममा छाब्दीवाराही विकास कोषका अध्यक्ष थानबहादुर थापाले छाब्दीको विकासका लागि गुरुयोजना बनाइएकाले सहयोगका लागि सरकारसँग आग्रह गरे ।– रासस
सम्बन्धित

प्रतिक्रिया