सुनको भाउ फेरि बढ्यो, आजको मूल्य कति ?
नेपालखोज
२०७८ असोज २४ गते ११:२७

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । छापावाल सुन आज प्रतितोला १ सय रुपैयाँले बढेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुन ९० हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि १०० ले नै बढेको छ ।
आज तेजावी सुन ९० हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि ५ रूपैयाँले बढेकाे छ । चाँदी आज तोलाको १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार १ सय ७० रूपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित

प्रतिक्रिया