मंगलबार, मंसिर १८, २०८१

कैदीबन्दीको कारागार नै आम्दानीको स्रोत

नेपालखोज २०७८ असोज २४ गते १२:३०


काठमाडौं । जिल्ला कारागारभित्रका कैदीबन्दीको कारागार नै आम्दानीको स्रोत बनेको छ । कारागारभित्रै कदीबन्दीले सिलाई व्यवसाय सञ्चालन गरेर आम्दानी गर्न थालेका छन् ।

कारागार बाहिर हुँदा सिलाइ व्यवसाय गर्दै आएका गुरुदेव रानाको अहिले कारागारभित्रै सामान्यतया छ-सात हजार आम्दानी हुने गरेको छ ।

आफूले बाहिर पसल सञ्चालन गर्दा चिनेका ग्राहक अहिले पनि भित्रै सिलाउन आउने गरेका छन् । रानाले कारागारको बाहिर नै सिलाइकटाईका लागि बोर्ड राखेका छन् ।

बजारको मूल्यभन्दा सस्तो मूल्यमा लुगा सिउने काम गर्ने गरेको उनले बताए । बाहिरको मूल्यभन्दा रु १०० कम मूल्यमा कपडा सिलाउने गरेको उनले बताए ।

उनी मात्र होइन अहिले कारागारभित्र तीन जना सिलाइ व्यवसाय गर्ने व्यक्ति छन् । कपिलरा कोली, धीरज परिवार पनि गुरुदेव रानासँगै सिलाइ गर्छन् । त्यतिकै बस्नुभन्दा सिकेको सीप प्रयोग गर्छौ भनेपछि मेसिनदेखि उनीहरुलाई चाहिने समान व्यवस्थापन गरिदिएको उनले बताए ।

थप मेसिन र कारागारका कैदीबन्दीका लागि आवश्यक तालिम दिने तयारी गरिएको उनी बताउछन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको जनाइएको छ ।

२५ पुरूष र १५ महिलाको क्षमता रहेको जिल्ला कारागारमा ६१ कैदीबन्दी राखिएपछि समस्या भएको कैदीबन्दीले गुनासो गरेका छन् ।

प्रतिक्रिया