साधना लघुवित्तको ९३औं शाखा काठमाडौंमा

नेपालखोज २०७८ असोज २४ गते १४:२८

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आफ्नो ९३औं शाखा काठमाडौं उपत्यककाको नागार्जुन नगरपालिका वडा नं. ०१, रानीवन प्लानिङ्गमा सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखा यहि शनिबारका दिन नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रामजी रेग्मीले सो शाखाको उद्घाटन गरेका हुन् । नयाँ शाखा संचालनमा आएसँगै वित्तीय संस्थाले काठमाडौं उपत्यककाबाट पनि आप्mनो वित्तीय सेवा प्रदान गर्ने भएको छ ।

वित्तीय संस्थाले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बराबरको बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव ३१ प्रतिशत गरी जम्मा २६ दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न यहि कात्र्तिक १३ गते पाँचौ वार्षिक साधारण सभासमेत डाकेको छ ।

राष्ट्रियस्तरको यस साधना लघुवित्तले यसै वर्ष १४ वटा शाखा संचालानमा ल्याएको छ । देशैभर शाखा सञ्जाल, दक्ष वित्तीय व्यवस्थापन समूह दक्ष कर्मचारीहरुमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया