मंगलबार, मंसिर २५, २०८१

‘इमान्दारीता र कर्तव्य निष्ठाका साथ देश र जनताको हितमा काम गर्नू’

नेपालखोज २०७८ असोज २४ गते १५:३४

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरुलाई इमान्दारीता र कर्तव्य निष्ठाका साथ देश र जनताको हितमा काम गर्न निर्देशन दिएका छन् ।

पार्टीबाट नियुक्त मन्त्रीहरुलाई आइतबार पार्टी केन्द्रीय कार्यालमा बोलाएर नेता नेपालले इमान्दारीता र कर्तव्यनिष्ठ भएर काम हुने विश्वास लिएको बताए ।

उनले राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दूमा राखेर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिए । उनले निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरुबाट मुक्त हुन पनि सचेत गराए ।

कुनै पनि संस्थामा व्यक्तिको छनौट गर्दा व्यक्तिको योग्यता, क्षमता र कार्यसम्पादनमा गरेको उत्कृष्टताको आधारमा गर्न पनि उनले सुझाव दिए ।

अध्यक्ष नेपालले मन्त्रीहरुबाट विवादमा आउने र बदनामी कमाउने कुनैपनि काम हुनु नहुनेमा जोड दिए । पदीय मर्यादा र गरिमा विपरितका काम नगर्न उहाँले निर्देशन दिए ।

कुनै पनि प्रकारका दूव्र्यसन र आचरणसँग जोडिने काम नगर्न उनले निर्देशन दिए । उनले गठबन्धनको भावना अनुसार अन्य राजनीतिक दलसँग पनि समन्वयमा काम गर्न अनुरोध गरे ।

मन्त्रीहरुको सल्लाहकार, पिए लगायतका राजनीतिक नियुक्ती गर्दा पार्टीसँग सल्लाह गरेर मात्रै गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया