मुख्यमन्त्री शाक्यद्वारा विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव पेस
नेपालखोज
२०७८ असोज २४ गते १८:०७

हेटाैंडा । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव पेस गरेकी छन् । आइतबार बसेको वाग्मती प्रदेश सभाको नवौं अधिवेशनको दोस्रो बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि प्रस्ताव पेस गरेकी हुन् ।
प्रस्ताव पेस गर्दै उनले आफुले प्रतिनिधित्व गर्ने दल नेकपा(एमाले) विभाजन भएकाले संविधानको धारा ८८ को उपधारा २ बमोजिम विश्वासको मतको लागि प्रस्ताव पेस गरेको उल्लेख गरिन् ।
प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव पेस भएपनि त्यस उपर सभाको सो बैठकमा कुनै छलफल भने भएन ।वाग्मती प्रदेश सभाको अर्को बैठक कार्तिक ४ गते बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
सम्बन्धित

प्रतिक्रिया