शुक्रबार, जेठ ४, २०८१

चाैबीस घण्टामा ५९६ संक्रमित थपिए, १० जनाकाे मृत्यु

नेपालखोज २०७८ असोज २४ गते १८:३८

काठमाडौं । पछिल्लो चाैबीस घण्टामा ५९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साेही अवधिमा ८७१ जना निको भइ डिस्चार्ज भएका छन् ।

९ हजार २ सय ३७ पीसीआर परीक्षण गर्दा ५६५ जना र ३ हजार १६७ एन्टिजेन परीक्षण गर्दा १३ गरी ५९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया