बिहीबार, चैत १५, २०८०

अब आइफोन-१४, २०२२ मा हुनेछ सार्वजनिक

नेपालखोज २०७८ असोज २५ गते ८:४१

काठमाडौं । अमेरिकाको एप्पल कम्पनीले एक टेरावाइटसम्म स्टोरेज बिस्तार गर्न सकिने आइफोन-१३ प्रो सार्वजनिक गरेको दुई साता पनि भएको छैन । यता के खबर आउन थालेको छ भने अब एप्पलले आफ्नो यो फ्लेगसिप सिरिज अन्तर्गत आइफोन-१४ लाई बजारमा उतार्ने तयारी सुरू गरिसकेको छ । भनिदैछ आइफोन -१४, दुई टेराबाइट स्टोरेज क्षमताकासाथ निर्माण हुनेछ । माई डाइभर्सको रिपोर्टअनुसार एप्पलले अब आउने फोनमा क्यूएलसी फ्ल्यास स्टोरेज प्रविधि प्रयोग गर्नेछ र स्टोरेजको यो नयाँ प्रविधिले फोनको क्षमतालाई बढाएर २ टेराबाइट पुर्‍याउनेछ ।

कस्तो होला क्यामेरा ?
प्रसिद्ध टेक विश्लेषक मिङ ची कुओ का अनुसार आइफोन-१४ मा वाइड-एंगल क्यामेराका लागि १/१.३ इन्चको ४८ एमपी सीएमओएस इमेज सेन्सर प्रयोग हुनसक्छ । एक सूचनामा भनिएको छ । ‘नयाँ २ एच २०२२ आइफोनले प्रत्यक्ष रुपमा ४८ एमपी आउटपुट र १२ एमपी (चार सेल मर्ज आउटपुट मोड) आउटपुटलाई एकसाथ सपोर्ट गर्न सक्छ । ‘

१२ एमपीको आउटपुटले २०२२ को नयाँ आइफोनको पिक्सेल आकारलाई लगभग २.५ युएमसम्म बढाउने छ जुन आइफोन- १२ तथा आइफोन- १३ को भन्दा निकै ठुलो हो ।

ब्याट्रीमा पनि सुधार
आगामी आइफोनमा वाइड एंगल क्यामेको प्रविधिमा पनि ध्यान पुर्‍याइनेछ भने टेलिफोटो र अल्ट्रा-वाइड एंगल सिस्टमको अधिकतम लाभमा पनि काम हुनेछ । फोनको सेन्सर पिक्सल साइजलाई अधिकतम बढाउन र हार्डवेयरको क्षमताका लागि हाइब्रिड-अपरेटिङ मोड समेत प्रयोग हुने सम्भावना छ आइफोन-१४ मा । आगामी आइफोन-१४ आइओएस १६ मा सञ्चालन हुने र त्यसमा फास्ट-चार्जिङ सपोर्टका साथ ३८१५ एमएएच क्षमताको ब्याट्री दिइने सम्भावना छ ।

प्रतिक्रिया