‘ताइवानले सवांदको ढोका बन्द गर्यो’
नेपालखोज
२०७८ असोज २५ गते ७:५७
बेइजिङ । ताइवानको सम्प्रभुता र स्वामित्वलाई लिएर पुनः चीन र ताइवानको विवाद उत्कर्षमा पुगेको छ ।
ताइवानी राष्ट्रपति साइ इङ्–वेनले चिनियाँ दबाव अगाडि आफ्नो देशले घुँडा नटेक्ने बताएपछि चिनले संवादको ढोका बन्द भएको टिप्पणी गरेको छ ।
ताइवानको राष्ट्रिय दिवसको अवसरमा त्यहाँकी राष्ट्रपतिको भाषणलाई उत्तेजक भन्दै चिनिया राष्ट्रपति सि जिनपिङले ताइवानले भिडन्त चाहेको बताए ।
ताइवानी राष्ट्रपतिले आफ्नो मुलुकमा प्रजातान्त्रिक जीवनशैली जारी राख्ने बताएपछि बेइजिङ क्रुद्ध बनेको हो ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले ताईवानलाई चीनमा मिसाएर ‘पुनः एकीकरण गर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै ताइवानी राष्ट्रपतिले कडा जवाफ दिएकी थिइन् ।
सम्बन्धित
प्रतिक्रिया