जन्ती बोकेको जिप दुर्घटना, ४ जनाको मृत्यु
नेपालखोज
२०७८ असोज २५ गते ७:५६
काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुईँकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, १७ वर्षीय हिमलाल नेपाली र २१ वर्षीय जीवन न्यौपाने रहेका छन् ।
जैसीको घटनास्थलमै र अन्य तीन जनाको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा परी १४ जना घाइते भएका छन् ।
पञ्चदेवल विनायक नगरपालिका–१ कुईँकामा आइतबार राति साढे ११ बजे जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से १ च १७६३ नम्बरको उक्त जीप कच्ची सडकखण्डमा ब्याक गर्ने क्रममा अनियन्त्रित भएर दुई सय मिटर तल खसेको छ । चालकको पहिचान हुन सकेको छैन ।
सम्बन्धित
प्रतिक्रिया