शुक्रबार, जेठ ४, २०८१

राम्रो ‘हेल्थ केयर सर्भिस’ भएका १० देश !

नेपालखोज २०७८ असोज २५ गते १७:५३

काठमाडौं । कोरोना महामारी सुरु भएपछि संसारभरका देशले सबैभन्दा बढी ध्यान आफ्नो स्वास्थ्य व्यवस्था ठीक गर्नमा दिए । यद्यपि यो महामारीमा धेरैजसो देशले जनतालाई भने जस्तो स्वास्थ्य सुविधा उपलब्ध गराउन सकेनन् । महामारिका क्रममा कतिपय विकसित देशको स्वास्थ सेवा पनि कमजोर साबित भयो ।

हरेक देशमा स्वास्थ्य सुविधाको ढाँचा अलग-अलग छ र देशअनुसार त्यहाँ स्वास्थ्य सुविधाहरु उपलब्ध हुन्छ । त्यसो भए संसारमा कुन देशको हेल्थ केयर सिस्टम अब्बल होला त ? कोरोना महामारीबीच सन् २०२१ मा कुन-कुन देशको हेल्थ केयर सिस्टम उत्कृष्ट रह्‌यो ? संसारमा केही देश यस्ता छन् जसको स्वास्थ सेवा सरकारी संरचनामा निर्भर छ भने कतिपय देशको स्वास्थ सेवा गैरसरकारी संस्था, निजी क्षेत्र वा बिमा कम्पनीहरुले धानिरहेका छन् ।

विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार हेल्थ केयर सिस्टममा निम्न १० देश तुलनात्मक रुपमा उत्कृष्ट रहे ।

१. फ्रान्स
फ्रान्सको हेल्थ केयर सिस्टम संसारमै उत्कृष्ट मानिन्छ । फ्रान्समा जनताले सरकारी अस्पतालको सेवाका साथ सरकारद्वारा गरिने स्वास्थ बिमाको समेत लाभ प्राप्त गर्छन् ।

२. जर्मनी
जर्मनीमा पब्लिक-प्राइभेट पार्टनरसिपमा चल्छ हेल्थ केयर सिस्टम । जर्मनीको मेडिकल क्षेत्र निकै विकसित पनि मानिन्छ ।

३. सिंगापुर
सिंगापुर संसारको पहिलो यस्तो देश हो जसको स्वास्थ्य व्यवस्थाले युरोपेली देशहरुसँग प्रतिस्पर्धा गर्न सक्छ । सिंगापुरका नागरिकले सरकारी अस्पतालको सेवाका अतिरिक्त सरकारले गरिदिने स्वास्थ बिमाको पनि लाभ पाउँछन् ।

४. बेलायत
बेलायतको हेल्थ केयर सिस्टम लगभग सरकारको जिम्मामा छ । त्यहाँ अधिकांश मानिसहरु सरकारी स्वास्थ्य सुविधाकै भर पर्छन् ।

५. अस्ट्रेलिया
अस्ट्रेलियामा पब्लिक-प्राइभेट पार्टनरसिपको मोडलमा स्वास्थ्य सुविधा उपलब्ध गराइन्छ ।

६. स्विट्जरल्यान्ड
स्विट्जरल्यान्डमा सबै नागरिकको स्वास्थ बिमा निजी बिमा कम्पनीहरुले कभर गर्छन् । त्यहाँको स्वास्थ सेवा पनि निजी कम्पनीहरुको हातमा छ ।

७. युनाइटेड अरब इमिरेट्स
युनाइटेड अरब इमिरेट्सको हेल्थ केयर सिस्टममा सरकारको भूमिका अहम् छ । यद्यपि पछिल्ला दिनमा त्यहाँ निजी क्षेत्रको सेवाले पनि निकै राम्रो स्थान बनाउँदै लगेको छ ।

८. नेदरल्यान्ड
नेदरल्यान्डमा स्वास्थ्य बिमा अनिवार्य छ । बिमाले नै त्यहाँको स्वास्थ्य सुविधालाई उत्कृष्ट बनाउन मद्दत गरेको छ ।

९. जापान
जापान पनि संसारकै उत्कृष्ट स्वास्थ सेवा भएको मुलुकमध्ये एक हो । त्यहाँ स्वास्थ बिमामार्फत ९८ प्रतिशत जनतालाई स्वास्थ्य सुविधा उपलब्ध गराइन्छ ।

१०. लक्जमबर्ग
लक्जमबर्ग मेडिकलको क्षेत्रमा धेरै अगाडि छ । त्यहाँको स्वास्थ सेवा सरकारले नै चलाउँछ ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया